निर्वाचन समिती द्वारा गोप्य कागजात र सुचना अन्य ब्यक्ति लाई पठाईयो: एनआरएन उम्मेदवार ।

सोमबार ४ श्रावण, २०७८

क्वालालम्पुर- गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको महाधिवेशन नजिकिदै गर्दा एनआरएनए मलेसियाको विवाद उत्कर्शमा पुगेको छ।

संघको सन् २०२१ देखि सन् २०२३ आगामी कार्यकालको लागि अध्यक्ष लगायतको विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुको गोप्य कागजात लगायत महत्त्वपूर्ण जानकारीहरु महाधिवेशन सम्पन्न गराउन गठित निर्वाचन समितिले नै गोप्य सुचना चुहाएकोले समिति विवादित बन्न पुगेको हो।

प्राप्त जानकारी अनुसार निर्वाचन सम्पन्न गराउन एनआरएनए मलेसियाले ५ सदस्यीय निर्वाचन समिति समेत गठन गरेको थियो । तर , जुलाई १९ सोमबार निर्वाचन मण्डलका संयोजक पुरुस्वतम कट्टेल लगायत सदस्यहरु क्रमशः विष्णु प्रसाद पौडेल , बाबुराम शर्मा , वासु पोख्रेल , नेपाली दूतावासका प्रतिनिधि लगायतको मिलेर बनेको निर्वाचन कमिटीनै विघटन गरिएको निर्वाचन समितिले जनाएको छ।

यता एनआरएनए मलेसियामा आगामी कार्यकालको लागि उम्मेदवारी दर्ता गराउने उम्मेदवारहरुको भनाइ अनुसार, निर्वाचन समितिले उम्मेदवारी दर्ता गराउनेहरुलाई अनावश्यक केरकार गर्ने , दर्ता प्रक्रिया सम्बन्धि प्रमाणिकरण गर्ने बेला मलेसियको अध्यागमन बिभाग (इमिग्रेशन) जस्तै जथाभावी सोधपुछ गरेर अनावश्यक दु:ख दिईरहेको र निर्वाचन कमिटीलाई उपलब्ध गराईएको गोप्य कागजातहरु लिक गरेको समिति माथी आरोप लागेको छ।

पासपोर्ट,भिसा सम्बन्धि महत्त्वपूर्ण कागजात अन्य मानिसहरुलाई जथाभावी पठाएको उम्मेदवारी दिनेहरूले निर्वाचन कमिटीमाथी गम्भीर आरोप लगाएका छ्न।