२२ जना नेपाली श्रमिक मलेसियाबाट जेल सजाय भुक्तान गरि स्वदेश फर्किए।

शनिबार २ श्रावण, २०७८

क्वलालम्पुर(मलेसिया):= मलेसियामा विभिन्न मुद्धामा जेल परि, जेल सजाय भुक्तान गरेका २२ जना नेपाली कामदारहरु शनिबार बिहान नेपाल फर्किन सफल भएका छ्न।

नेपालको विभिन्न जिल्लाको निवासी उनीहरूलाई मलेसिया स्थित नेपाली दूतावास , गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसिया, प्रवासी नेपाली समन्वय समिती पिएनसिसि मलेसिया र अन्य विभिन्न संघसंस्थाको सहयोग , समन्वयमा मलेसियाली सरकारले घरफिर्ती केन्द्र (डिटेन्सन सेन्टर) बाटै शनिबारको दिन नेपाल एयरलाइन्सको हवाई उडानमार्फत नेपाल फर्काइएको हो।

ती नेपालीहरुलाई स्वदेश फर्किन कुनै अप्ठ्यारो नहोस् र समस्या नपरोस् भन्ने हेतुले सहजीकरणको लागि मलेसिया स्थित नेपाली दूतावासका द्धितिय सचिव तथा जेल बिभाग प्रमुख प्रेम बहादुर बुद्थापा क्वालालम्पुरमा अवस्थित केयलआईए अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नु भएको थियो।

द्धितिय सचिव थापाका अनुसार आज शनिबार बिहान स्वदेश फर्किने तयारीमा रहनुभएका २५ जना नेपाली कामदारमध्य ३ जनामा कोरोना भाइरसको पिसिआर रिपोर्ट पोजेटिभ देखाएकोले ती ३ जना फर्किन नपाएको र यतै मलेसियाको क्याम्पमा उपचाररत रहेको तर अन्य २२ जना नेपालीहरु भने  स्वदेश फर्किसकेको थापाले बताउनुभयो।

मलेसियामा अवैधानिक बसे बापत्त र विभिन्न कारणबस जेल परेर आफ्नो सजाय भुक्तान गरिसकेका ती २२ जना नेपालीहरु मलेसिया स्थित विभिन्न घरफिर्ती केन्द्रहरु क्रमशः मलक्का क्याम्प, सिमोनिया क्याम्प, बुकित जलिल क्याम्प , केयलआईए सेपाङ क्याम्पबाट गरि स्वदेश फर्किने पर्खाइमा रहेका २२ जना नेपाली हरुलाई सकुशल स्वदेश फर्काइएको द्धितिय सचिव थापाले बताउनुभयो।

शनिबार स्वदेश फर्किएका ती नेपालीहरुलाई नेपालमा काठमाडौंमा पिएनसिसि संस्थाका पदाधिकारीहरुलेनै रिसिभ गरेर सरकारी नियम अनुसार होटेल क्वारेन्टाइनमा बसालिएको र पुनः कोरोना सम्बन्धि पिसिआर चेक गरिसके पश्चात् घर फर्काइने पिएनसिसिले बताउनु भएको छ।