माओवादीका दुई नेता मन्त्री बन्ने,देउवालाई दिए नाम

मंगलवार २९ असार, २०७८

काठमाडौं –नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषदमा नेकपा माओवादी केन्द्रले नेता जनार्दन शर्मा प्रभाकर र पम्फा भुसाललाई पठाउने भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै देउवालाई शर्मा र भुषालको नाम दिएको एक नेताले बताएका छन्।