सिरहामा प्रहरीको हिरासतबाट एक थुनुवा फरार।

शनिबार २६ असार, २०७८

राजेन्द्र महतो।लहान असार २६ गते।सिरहाको लहान स्थित प्रहरी को हिरासतबाट एक थुनुवा फरार भएका छ्न।
ईलाका प्रहरी कार्यालय (क) लहान बाट लागु औषध मुद्दामा पक्राउ परेका एक थुनुवा फरार भएको हो ।

गत जेठ २० गते लागु औषध तस्करी गरेको मुद्दामा पक्राउ परेका सिरहा नवराजपुर गाउँपालिका १ का पशुपति यादब गए राती२ बजे हिरासतको ग्रिल काटी फरार भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाइएको छ ।

फरार यादवको खोजी कार्य भइरहेको र घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक एवमं प्रहरी प्रवक्ता सुवास बुढाथोकीले बताएका छन् ।