कमला नदीमा निर्माणाधीन पुल भासिएपछि सिरहाका युवाहरूद्वारा विरोध प्रदर्सन ।

शुक्रबार १८ असार, २०७८

राजेन्द्र महतो, लहान असार १८ गते।हुलाकी राजमार्ग अन्तरगत सिरहा–धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुल भासिएपछि सिरहाका युवाहरूले विरोध प्रदर्सन गरेका छन् ।

भत्किएको पुल

सदरमुकाम सिरहा नगरपालिका मा स्थानीय युवाहरुले विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर
विरोध प्रदर्शन गरेका हुन् ।
स्थानीय अगुवा शम्भु साहको नेतृत्वमा
कमला पुल भासिएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर, कमसल निर्माण गरी भ्रष्टाचार गर्न पाइँदैन, हाम्रो भावनामाथि खेलबाड गर्न पाइँदैन, कमला पुल यथाशीघ्र निर्माण गरलगायतका नारा लेखिएको प्लेकार्ड बोकेर स्थानीय युवाले प्रदर्शन गरेका छ्न।

युवाहरूले सरकार भ्रष्टाचारमा डुबेकोले व्यग्र प्रतीक्षामा रहेको पुलमा कमसल निर्माण गरिएकोले भासिएको भन्दै चर्को नाराबाजीसमेत गरेका छन् ।

बिरोध प्रदर्शन

पुल ०६८ सालमा ४२ महिनाभित्र निर्माण गर्ने गरी पप्पु कन्स्ट्रक्सन लुम्बिनी बिल्डर्सले करिब २५ करोडमा सम्झौता गरेको थियो तर पनि १० वर्षमा कमला पुल निर्माण सम्पन्न हुन सकेको छैन ।