मिर्चैया सब डिभिजन बन कार्यालय द्वारा १ लाख ५० हजार बिरूवा उत्पादन।

बुधबार २ असार, २०७८

राजेन्द्र महतो
लहान असार २ गते।सिरहाको मिर्चैया न. पा. स्थित सब डिभिजन बन कार्यालय मिर्चैया ले विभिन्न जातका रूखका बिरुवा उत्पादन गरिएको छ ।
मिर्चैया सब डिभिजन बन कार्यालयले निशुल्क बितरणको लागी प्रदेश सरकार कार्यक्रम अन्तर्गत १ लाख ५० हजार बाेट बिरूवाहरु उत्पादन कार्य गरिएको हाे ।
मिर्चैया न. पा.- ७ स्थित सब डिभिजन कार्यालय को परिसरमा महगनी,शिरीष ,लिपटिस,मसला , गम्हाइर, इपिलिपी ,हरोबरो ,बकाईनो ,खैयर अादी जातका रूखकाे बिरुवा उत्पादन गरेको सब डिभिजन बन कार्यालय मिर्चैया का प्रमुख यादव ले बताएका छन।
नगरपालिका तथा गाउँ पालिकालाई हराभरा र सुन्दर बनाउने उद्धेश्यले नगरपालिका तथा गाउँ पालिकाका स्थानीय बासीलाई निशुल्क बाेटबिरूवा बितरणको लागि उत्पादन गरिएको मिर्चैया सब डिभिजन बन कार्यालय मिर्चैया का नि प्रमुख तथा रेन्जर इन्द्रदेव यादवले बताएका छन।
उत्पादन गरिएको बिरुवा डिभिजन बन कार्यालय लहान र प्रदेश सरकार ले चेकजाँच पास गरेपछी नगरपालिका तथा गाउँ पालिकाका स्थानीय बासीलाई निशुल्क उपलब्ध गराईने सब डिभिजन प्रमुख यादवले बताएका छ्न।
वन कार्यालय ले हरेक वर्ष विभिन्न प्रजातिका बिरुवा उत्पादन गरेर विभिन्न क्षेत्रमा निःशुल्करूपमा वितरण गर्दै आइरहेको छ ।