कोभिड-१९ का कारण ज्यान गएको लिम्बुको मलेशियामै दाहसंस्कार।

शनिबार २९ जेष्ठ, २०७८

क्वालालम्पुर- मलेशियामा लामो समय देखि अवैधानिक रुपमा कार्यरत एक नेपालिको कोभिड-१९ का कारण ज्यान गएको छ। कोरोना माहामारीको कारण दुई साता अघि (जुन-४) तारिक उपचारकै क्रममा नरमाने याक्सो लिम्बुको मलेशियाको एक अस्पतालमा मृत्यु भएको हो।

पारिवारिक नाता प्रमाणित पछि उनका आफन्तको अनुमतीमा मृतकको शब लिम्बू समुदायहरुको सस्था किरात याक्थुङ चुम्लुङ, मलेशियाले जिम्मा लिएको सस्थाका अध्यक्ष दिल केरुङले बताए।

मलेशिया र नेपाल दुबै देशमा हाल कोभिड-१९ सङ्क्रमण उच्च रहेको कारण लकडाउन चलिरहेको छ। कोरोनाले सिर्जित यस्तो अवस्थामा याक्सोको शब मलेशिया देखि नेपाल पठाउन सम्भब नभएको कारण परिवारकै अनुरोधमा सनिवार उनको दाहासस्कार मलेशियामै गरिएको हो।