हवाई उडान बन्द हुदा ३५ ओटा नेपालीको शब सहित हजारौं श्रमिक मलेसियामा अलपत्र।

मंगलवार २५ जेष्ठ, २०७८

क्वालालम्पुर – मलेशिया नेपालीहरुको लागी प्रमुख श्रम गन्तव्य मध्यको एक देश हो।जहाँ करिब ४ लाखको हाराहारीमा नेपाली श्रमिकहरु सुरक्षागार्ड, निर्माण, प्लान्टेशन, लगायत गरि विभिन्न क्षेत्रमा कार्यरत रहेका छ्न।

पछिल्लो समय नेपालमा कोरोना संक्रमणको सङ्ख्या उच्च भएपछि नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान पनि बन्द गरे सङै मलेशियामा नेपालि अलपत्र छन। मलेसियाबाट नेपाल फर्किन अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुँदा मलेसियामा कैयौं मृत नेपालीको शव अस्पतालमै अलपत्र पर्नुको साथै स्वदेश फर्किने तयारीमा रहेका हजारौं नेपाली श्रमिकहरु अलपत्र अवस्थामा छन।

सरकारले कोरोना सङ्क्रमण रोकथामका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको एक महिनाको अवधिमा मलेसियामा मात्रै लगभग ३५ जना मृत् नेपालीको शव यतै रोकिएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताउनुभएको छ।

पाण्डेका अनुसार रोजगारदाता कम्पनी संगको करार अवधी , भिसा सकिएर नेपाल फर्कन खोज्ने नेपाली श्रमिकहरुको सङ्ख्या पनि दिनप्रतिदिन बढ्दै गैइरहेको र करिब १ हजार बढी नेपाली स्वदेश फर्किने तयारीमा रहेको बताउनुभएको छ।

मलेसियामा विभिन्न कारणले जेल परेका र जेलको समयावधि सकेर घरफिर्ती केन्द्रमा रहेका ६५ जना नेपाली घर फर्कने दिन कुरेर बसिरहेका छ्न। ‘दिनहुँ घर फर्कन पर्नेहरूको सङ्ख्या बढ्दो छ, हामीले कम्तीमा हप्तामा एउटा भए पनि उडान खोलिदिनुहोस् भनेको हो, उडान नखोली समस्याको समाधान हुँदैन,’ राजदूत पाण्डेले भन्नुभयो।

मलेसियामा गएको वर्षजस्तो अहिले चाहिँ रोजगारी गुमेर अलपत्र पर्ने अवस्था भने अहिले छैन । करार सकिएर घर फर्कने तयारीमा रहेकाहरूलाई रोजगारदाता कम्पनीले नै खान र बस्ने व्यवस्था गरिरहेको छ , राजदूत पाण्डेले भन्नुभयो।