माओबादी केन्द्र सम्बद्ध प्रवास कमिटीको सङ्युक्त पहलमा कोरोना बिरुद्ध स्वास्थ्य सामाग्री बितरण।

शनिबार २२ जेष्ठ, २०७८

नेकपा (माओबादी केन्द्र)का प्रबास संगठन (नेपाली जनप्रगतीशील मंच)हरुको सामुहिक पहलमा कोरोना बिरुद्द स्वास्थ्य सामग्री सहयोग वितरण काभ्रे जिल्ला बाट शुरुवात भएको छ।

प्रबास समन्वय कमिटीका अघ्यक्ष क.युबराज चौलागाइको बिशेष पहलमा, प्रदेश संसद माननिय रत्न ढकाल,प्रदेश कमिटी सदस्य नेता क.इन्द्र थिङ छिन्ताङ लगायत प्रबास समन्वय कमिटीका अन्य नेताहरुको उपस्थितीमा पहिलो चरणमा काभ्रे जिल्ला बाट हस्तान्तरण सुरु गरिएको हो।

बाग्मती प्रदेशमा काभ्रे जिल्ला उपत्यका पछीको संक्रमित संख्या घेरै रहेको जिल्ला भएको कारण काभ्रे बाट नै सरुवात गरेको अध्यक्ष चौलागाईंले बताए। पार्टीको प्रबास कमिटीले कम्तीमा १ करोड रकमको कोष खडा गरेर नेपालभरी सहयोग गर्ने योजना बनाएको छ।