मदिरा चोरी गरेको आरोपमा सिराहाका तीन प्रहरी निलम्बित।

सोमबार १७ जेष्ठ, २०७८

राजेन्द्र महतो
लहान जेठ १७ गते।मदिरा चोरी गरेको आरोपमा सिराहाका तीन प्रहरी निलम्बित भएका छ्न।
सिरहाको इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी सहायक निरीक्षक नवलकिशोर ठाकुर, प्रहरी जवानद्वय अन्नुकुमार राय र नरेशकुमार राय निलम्बित भएका छन् ।

लहान नगरपालिका– २३ गढिया चोकमा रहेको पूजा मदिरा होटेल ( एस के मदिरा)मा जेठ ९ गते राति तीनैजना प्रहरीले मदिरा चोरेको आरोप लागेपछि निलम्बन गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता तथा डिएसपी शालिग्राम शर्माले बताएका छ्न ।

प्रवक्ता शर्माले प्रहरी नियामावली २०७१ बमोजिम आजदेखि निलम्बन गरी थप अनुसन्धान भइरहेको बताएका छ्न।
गत जेठ ९ गते राती इलाका प्रहरी कार्यालय लहानबाट असई ठाकुरसहितको नेतृत्वमा खटिएको प्रहरी टोलीले निषेधाज्ञाको कार्यान्वयन गराउन
लहान १३ गढिया चौकमा खटिएको थियो ।

चौक नजिक रहेको स्थानीय पञ्चु महतोको एसके (पुजा ) मदिरा पसलमा होहल्ला भएपछि प्रहरी त्यहाँ पुगेको थियो।
प्रहरी होटेलमा पुगेपछि सञ्चालक बाहिर भागेको थियो।त्यसै वेला प्रहरी ले केही बोतल भोड्का चोरेर पिएको सिसिटिभी क्यामेरामा कैद भएको भिडियो समाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

प्रहरीले सिसिटिभी क्यामराको भिडियो फुटेज कसैलाई नदिन र सार्वजनिक नगर्न होटेल सञ्चालकलाई दबाब दिए पनि सामाजिक सञ्जालमा भिडियो अपलोड गरेपछि प्रहरीले निलम्बन गरी अनुसन्धान अगाडि बढाएको छ।