नेपाली सहित ४ देशका नागरिक मलेशिया आउन नपाउने निर्णय।

शुक्रबार २४ बैशाख, २०७८

क्वालालम्पुर- मलेसियन सरकारले कोरोना कहर लगातार अनियन्त्रित भएपछि क्वालालम्पुर लगायत मलेसियाका बिभिन्न स्थानमा एमसिओ आदेश (आवागमन नियन्त्रण ) लागु गरेको छ ।

मलेसियन सरकारले एमसिओ लगाएको यो तेश्रो पटक हो । दैनिक ३ हजार भन्दा बढी नया बिरामि भेटिन थालेपछि सरकारले एमसिओ लगाउने निर्णय लिएको मलेसियका रक्षा मन्त्री दातुकश्री इस्माइल सब्रि याकुबले जानकारी गराएका हुन् ।

मलेसियाको राजधानि क्वालालुम्पुर, सेलाङगर लगायत तेराङगानु, पेराक र जोहोरबारुका केहि भागमा एमसिओ लागु भएको छ ।

विशेष गरि आउदै गरेको हरिराय पर्वमा मानिसहरु मेलापात, किनमेल तथा आफन्तहरुको भेटघाटमा बढी भेला हुने हुनाले कोरोना प्रकोप झनै बढ्ने संभावनालाई मध्य नजर गरि यो नियम लगाइएको हो ।

एमसिओ लागु भएपछि अनावश्यक हिडडुल गर्न, भिडभाड गरेर बजारमा किनमेल गर्न लगायतका प्रतिबन्ध लागुहुन्छ भने एक जिल्लाबाट अर्को जिल्लामा जानलाई अनुमति लिनुपर्ने हुन्छ ।

स्मरण रहोस कोरोना प्रकोप बढे सङै मलेशिया सरकारले तत्काल लाई नेपाल, भारत, बाङ्लादेश, पाकिस्तान बाट मलेशिया प्रवेशमा रोक लगाएको छ।