आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट।

बिहीबार १६ बैशाख, २०७८

राजेन्द्र महतो, लहान १६- सिरहाको सुखीपुर नपा वार्ड नम्बर- ७ विश्वकर्मा चौक बल्हि स्थित एक कुखरा फार्म मा विहीवार विहान करिब ७ बजे भएको आगलागीले लाखौको धनमाल जलेर नष्ट भएको छ।

स्थानीय देव शंकर महतो कोइरी को कुखुरा फर्ममा आगलागी हुदा फर्म मा भएको अन्न, लता कपडा लगायत घर पूर्णरुपमा जलेर नष्ट भएको हो । कुखुरा फर्ममा निज महतो अस्थाई रुपमा बसोबास गर्दै आइरहेका थिए ।

आगजनी बाट फार्म रहेको घर , आन्नपात , लत्ताकपडा , लगायत का सम्पुर्ण सर- समान सहित करिब ३ लाख बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ । आगजनी भएको फर्मलाई जोगाउन अस्थाई प्रहरी पोष्ट शिवचोक र स्थानीय ले आगो नियन्त्रण लिन नसक्दा गोलबजार नगरपालिकाबाट आएको बारुण यन्त्रले नियन्त्रण मा स्थानीय ले बताएका छ्न।