सिरहामा आगलागी, लाखौंको धनमाल जलेर नष्ट।

शनिबार ११ बैशाख, २०७८

लहान / बैशाख- ११ गते।सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिका – २ पर्सा टोलमा शुक्रवार साझ करिब ५ बजे भएको आगलागीले लाखौको धनमाल जलेर नष्ट भएको छ।
स्थानीय रविन्द्र साहको घरबाट आचानक सल्केको आगोले एकै दाजुभाइका ८ घर परिवारको धनमाल सम्पुर्ण रुपमा जलेर नष्ट भएको हो ।
स्थानीय सचिन्द्र साह , बिरेन्द्र साह , आनन्द साह , लाले साह , धिरेन्द्र साह , लछुराम साह र रामलोचन साहको घरमा रहेको आन्नपात , गरगहना , लत्ताकपडा , नगद , राईसमिल लगायत घरमा रहेको सम्पुर्ण सर- समान सहित करिब ६० लाख बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ ।
घरमा कोई नभएको बेला आचानक आगलागी भएको लक्ष्मीपुर पत्तारी गाउँपालिका – २ पर्सा का वडा अध्यक्ष धर्मेन्द्र राय दनुवारले बताएका छ्न ।
आगो नियन्त्रणको लागि सशस्त्र प्रहरी बल वि ओ पी नवराजपुर र सशस्त्र प्रहरी बल वि ओ पि बरहरी को संयुक्त प्रहरी टोली सहित लहानबाट आएको वारुण यन्त्र दमकल ले नियन्त्रणमा लिइएको प्रहरी ले जनाइएको छ।