माइ नगरपालिकामा नया प्रमुखको इन्ट्री संगै सुरक्षा प्रवन्धमा कडाइ।

बुधबार १ बैशाख, २०७८

बुधराज लिम्बु योङहाङइलाम
ईलाका प्रहरी कार्यालय माइ नगरपालिका दानाबारीमा नयाँ प्रमुख आए संगै धमाधम अपराधकर्ममा लाग्नेहरुको संजाल भत्काउन सुरु गरेको छ ।

ईलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख पदम सुन्दर लिम्बु आएपछी एक पछी अर्को सफलता हात पर्दै गएको छ।केही महिना नबित्दै पछिल्लो केही महिना अगाडि चोरीको मोटरसाइकल वालाहरु ४ जनालाई नियन्त्रण गर्न सफल भएको छ।

सो अभियुक्तहरु लाइ झापा जिल्ला कारागार चलान गरिएको छ। पछिल्लो समय माइमा लागू औषधमा सम्लग्न भएका ब्यक्तिहरु प्रति कडा निगरानी समेत गरिएको प्रशासनका एक अधिकारीले बताए।

उक्त अपराध कर्ममा सामेल केही ब्यक्तिहरु लाई यश अघिनै नियन्त्रण लिइसकेको छ।भने अन्य अपराधीक गतिविधिमा सम्लग्नहरुको निग्रानी तथा तथ्यांक सङ्कलन गरि कारबाही गर्ने प्रशासन प्रमुख लिम्बू बताउछन।

अहिले माइ नगर पालिकामा बिकासको गतिले फड्को मार्दै कालो पत्रे हुन थालेपछि सवारी साधन धेरै दुर्घटना भइरहेकोले सवारी चलाक लाई गति सिमितमा यात्रा गर्न र सवारी साधनको आवस्यक सम्पुर्ण कागजात बोकेर यात्रा गर्न सुझाव दिएको बताए।

गत सोमबार माइखोलाको पुलमा सवारी साधनहरु लाई कागजात चेकजाँच गर्दै सवारी चालकहरु लाई गति सिमितमा यात्रा गर्न आग्रह समेत गरिएको छ।

प्रशासनले ट्याक्सी तथा बसहरुलाई क्षमता भन्दा बढी यात्रु नबोक्न समेत अनुरोध गरेको छ। यात्रुहरु बसको हुटमा बोक्दा सवारी दुर्घटना हुन सक्ने सम्भावना लाई ख्याल गर्न र धन जनको हुने क्षतिबाट जोगिन सबैको साझा दायित्व भएकोले यस्तो कार्य कसैले नगर्न र नगराउन ट्याक्सी तथा बस चालकलाई दानाबारी एपिएफ टिमले सुझाब समेत दिएको छ।