“पर्स”

आईतवार २९ चैत्र, २०७७

संसार लाइ राज गर्ने तिमि नै हौउ
सारा मानिसलाई नचाउने खेलाडी तिमि नै हौउ

हे पर्स , आज तिमीलाई हेर्दा मलाइ रुन मन लाग्छ
खाजा खाने पैसा नहुदा मुसा कुदने समय यो भुडी मा भएको छ

तिमि त तरकारीमा नून मिसाएको जस्तो रहेछौ
प्रेमिका रिसाए पनि , तिमि रिसाउदा मेरो जीवनमा संकट काल नै घोषणा गर्ने रहेछौ

धनी र गरिब दुवै तिम्रै मुहार हेर्छन्
हे पर्स यति फरक छ कि धनीले भारी आगाडी बोक्छन् र गरिब ले भारी पछाडी बोकी हिड्ने गर्छन्।।

क्रिश अर्याल “जिज्ञासु “