मलेसियामा नक्कली भिसा लगाउने गिरोह पक्राउ

बिहीबार २६ चैत्र, २०७७

क्वालालम्पुर /मलेसिया मलेसियाली भ्रष्टाचार निवारण आयोग (एमएसीसी) ले नक्कली अस्थायी वर्क परमिट (पीएलकेएस) जारी गर्ने,भिसा लगाउने र अध्यागमन विभाग प्रणाली ( immigration department system ) को डाटालाई ह्याक गर्ने संजाल र ब्यक्तिहरुको पत्ता लगाई प्रशासनद्वारा पक्राउ गरिएको छ।
अध्यागमन विभागको सहयोगमा सोमबार अप्रिल ५ तारिखको रातीसम्म क्वालालम्पुरको वरिपरि चलाइएको बृहत्त छानबिन अभियानमा नक्कली भिसा लगाउने सिन्डिकेटका प्रमुख र एक “दातुक” शीर्षकसहितका गरि पाँचजना ब्यक्तिहरुलाई पक्राऊ गरिएको हो। र यस् संजालसंग जोडिएका थप अन्य ब्यक्तिहरुको पनि खोजीकार्य जारी रहेको छ। यो खबर स्थानीय पत्रीका द-स्टारमा प्रकाशित छ।
सिस्टम ह्याक गरेर नक्कली भिसा लगाउने समुहलाई पक्राउ गर्नलाई र सिंडिकेटको जालोलाई तोड्नलाई एमएसीसी र अध्यागमन बिभागद्वारा एक वर्ष निगरानी गरिएको थियो , फल स्वरुप अहिले चाहिँ पक्राउ गर्न सफल भएको एमएसीसीका प्रमुख आयुक्त दातुक सेरी आजम बाकीले सञ्चार माध्यमसंगको कुराकानीको क्रममा बताए।

यस मुद्दाको स्रोतहरूले भने कि यस् स्याण्डलमा आबद्ध हरुले आप्रवासन अधिकारीहरूको सिस्टम ह्याक गरेर त्यसको पासवर्ड परिवर्तन गरेर बाहिरको अपरेशन सेन्टरबाट पीएलकेएस स्टिकरहरू प्रिन्ट गर्न सक्षम थियो र त्यहीँ स्टिकरको दुरुपयोग गरि नक्कली भिसा लगाइएको बताइएको छ। “यो सरकारी एजेन्सी डेटा प्रणाली समावेश सुरक्षा कानुनको गम्भीर उलंघन र अपराध हो,” एक स्रोतले भन्यो।

सरकारी अधिकारीका अनुसार ती ह्याकरहरुले हजारौंहजार पीएलकेएस भिसाको स्टिकरहरू दुरुपयोग गरेको भेटिएको छ। ऊनीहरुले एउटा् स्टिकर भिसा बापत्त आरएम ६ हजार देखी ८ हजार सम्मको रकम लिई छापेका थिए अधिकारीहरुले बताएका छ्न।

“यो मुद्दा महालेखा परीक्षकको प्रतिवेदनमा उठाइएको थियो। सरकारी राजस्व चुहावट र सुरक्षा प्रणालीमा भ्रष्टाचार भएको कुरा पनि संसदमा छलफल भएको थियो,” एक स्रोतले भन्यो।

यो पक्राउ अपरेशनको क्रममा अधिकारीहरूले क्लोनिंग प्रणाली र दुईवटा ट्रान्समिटरहरू सहित धेरै कम्प्युटरहरू बरामद गरि कब्जा गरिईएको जनाइएको छ।
यो ठगी संजालबारे पत्ता लगाउन र यसलाई रोक्नको लागि लक्जरी होटेल लगायत बिभिन्न स्थानहरूमा गोप्य रुपमा सुरक्षाकर्मी खटाइएको थियो ।