चाहेर पनि आमाबुबासँग समय बिताउन सक्दैनौँ

सोमबार २३ चैत्र, २०७७

संसारमा सबै कुरो पैसाले किन्न सकिएला तर आफूलाई जन्म दिने  हाम्रा देवी देवता अर्थात् आमा र बुवा भने कहिलै किन्न सकिदैन। नौ नौ महिना आफ्नो कोखमा राखी, आफ्नो शारीरिक सुन्दरतालाई पनि बेवास्ता गर्दै उनी हरघडी आफ्नो सन्तानको सम्झनामा हुन्छिन् । उनी आफ्नो सन्तान र परिवारका लागि दिन रात आफू भोक भोकै सन्तानको भोक मेटाउन उनी हरपल मेहेनत र सङघर्ष गरिरहन्छिन्। राती जब शिशु “क्वा, क्वाँ” गर्दै रुन थाल्छन् तब उनी शिशुलाई सुताउन आफ्नो निन्द्राको पर्वाह नगर्दै तीनलाई स्तनपान गराउँछिन्।

बुवाहरुलाई सोध्दा उहाँहरुले आफ्ना सन्तानले बाल्यकालमा गरेका रमाइला किस्साहरुका बारे सम्झँदै आफ्नो पीडा मेटाउन मुसुक्क मुस्कुराउँछ्न। अझ त्यही सन्तान आफू शारीरिक रुपले गर्दा गरेको अपहेलना बारे उनी रुँदै सुनाउँदा मेरो मन छिया छिया हुन्छ। छोराले बुहारीको कुरा सुन्दै आफ्नै आमा बुवालाई पराई ठानी उनीहरुको उनले आफ्नो सारा जीवनको लक्ष्य त्यागी आफ्नो सारा समय आफ्नो सन्तानलाई समर्पण गर्छिन्। त्यसकारण  आमा तिमी महान् छौ, यदि यो संसारमा देवी देवता छन् भने तिमी र बुवा हौ। आमाले सारा जीवन हाम्रो पालन पोषणमा बिताइन् तर त्यही सन्तान जब ठुलो मान्छे बन्छ,  ऊ आफ्नो जनादाता आमा बुवाबाट टाढिँदै जान्छ। बिस्तारै उसलाई आफ्नो आमा बुवाका कुराहरु बोज हुँदै जान्छ। ऊ आफ्नो काममा यति व्यस्त हुन्छ कि उसले आमा बुवासँग एकछिन पनि समय दिन सक्दैन। पछि फेरि यस्तो दिन आउँछ जब हामीले चाहेर पनि आमा  बुवासंऊग समय बिताउन सक्दैनौँ र पश्वतापले बाल्यकालमा आमाले खुवाएको खाना र बुवाको हामीलाई गर्ने साथी जस्तो व्यवहार सम्झँदै रुन्छौँ।

अहिले जवाना पनि बदलिँदै छ। अहिले आमा बुवाको स्याहर गर्न धौ हुन्छ भन्दै केही मान्छेहरु आफ्ना आमा बुवा लाइ वृद्धश्रममा छोडिदिन्छन्। तर पनि आमा बुवालाई आफ्नो सन्तानका बारे सोध्छन् र रुन थाल्छन्। के ती  मान्छेहरुको मनमा अलिकति पनि माया छैन ? के उनीहरुका आमा बुवाले आफूलाइ हुर्काएको र आफ्ना हरेक माग आफू भोकभोकै बसेर त्यो मुहारमा मुस्कान ल्याएको बिर्सेकै हुन्!

जब म ती आमा बुवालाई वृद्धाश्रममा देख्छु तब मेरो मन गरुङ्गो हुन्छ र आखाबाट आँसु तप  तप झर्छ। अहिले बाहिरी संस्कृतिको कारण र स्वार्थी भावले गर्दा आफ्नै सन्तानबाट छुटिनु पर्ने पीडा छ। आमा जीवनमा आफू कुनै बाधा नहुनलाई घर छाडेको भनी पीडा सुन्दा मन निराश हुन्छ।

अहिले  बेरोजगारीका कारण युवाहरुले मातृभूमि नेपाल आमालाई छोडेर वदेश पलायन हुनुपर्ने बाध्यता छ। त्यही सन्तान दिनरात परदेशमा पसिना बगाएर स्वदेशमा आमाबुवा र परिवारका लागि खर्च पठाउँछ। तर अन्तिममा स्वदेश फर्किँदा ऊ बाकसमा फर्किनुपर्ने यथार्थ छ। कैयौँ लासहरु जब एरपोर्टमा आउँछन् तब आमा धुरुधुरु रुन्छिन्। यसरी चाहेर पनि उसले आफ्ना आमाबुवासँग समय बिताउन सक्दैन।
क्रिश अर्याल
“जिज्ञासु “