सिरहामा दलित महिलाहरुलाई सर्फ बनाउने तालिम

आईतवार १५ चैत्र, २०७७

-राजेन्द्र महतो
लहान चैत्र १५ गते- आर्थिक अवस्था कमजोर भएका दलित समुदायको आर्थिकस्तर उकास्ने उद्धेश्यले सिरहा काे कल्याणपुर नगरपालिका -११ मा दलित महिलाहरुलाई एक हप्ते सर्फ बनाउने तालिम दिएको छ ।

कल्याणपुर नगरपालिका वडा न -११ काे अार्थिक सहयाेग तथा दलित विकास मञ्च सिरहाकाे सहकार्यमा उत्त तालिम संचालित गरिएको हाे । शनिबार सम्मपन्न तालिममा वडा न -११ भित्रका गरिब, दलित लगायत ५० जना भन्दा बढी महिला काे सहभागीता रहेकाे दलित विकास मञ्च सिरहाले बताएका छ्न।

गत आइतबार देखि ७ दिन सम्म चलेको सो तालिममा महिलाहरूलाई सीप सिकाएर अात्मनिर्भर बनाउने उद्वेश्य रहेकाे संस्थाका कार्यक्रम संयाेजक रबिन महराले बताएका छन । तालिममा शान्ति पासवान ले सहजिकरण गरेकी थिईन ।

मैदा मुछ्दै महिलाहरु