मलेसियामा बेपत्ता भनिएका राजु तामाङ व्हिल चेयरमा नेपाल फर्काइए।

शनिबार १४ चैत्र, २०७७

मलेशिया- भोजपुर जिल्लाको राम प्रसाद राई गाउँपालिका -५ का निवासी ३० बर्षिय राजु तामाङलाई मलेसियामा रहेका नेपाली संघसंस्था लगायतका सहयोगी ब्यक्तिहरुले खोजी गरि सकुशल नेपाल फर्काइएको छ।

भोजपुर स्थायिबासी तामाङ अस्थायी बसोबासको रुपमा पोखरा बस्दै आइरहेका छन। करिब ७ बर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया आइपुगेका तामाङ अचानक सम्पर्क बिहिन भएपछि उनका दाजुले खोजिदिन आग्रह गरेका थिए।

गएको जनवरी ९ तारिख देखि सम्पर्क बिहिन भएको ४८ दिनपछि घाइते अवस्थामा मलेसियाको एक अस्पतालमा उनलाई फेला पारिएको हो।

मलेशियाका कृयशिल नेपाली मिडिया, संघ सस्था, नेपाली राजदुतावासको सहयोग बाट लामो समयको खोजिनिती पछि तामाङ दुर्घटनामा परेर अस्पताल भर्ना भएको बुझिएको छ।

तामाङ लाई स्वदेश फर्काउन भुमिका निर्बाह गर्ने समाजसेवी खेमराज खत्रीका अनुसार मिति मार्च-२६ तारिक शुक्रबार बिहान ०५:५५ बजेको हिमालयन एयरलाइन्सको फ्लाईट मार्फत नेपाल फर्काइएको जानकारी दिए।

तामाङलाई स्वदेश फर्काउनको लागि आवश्यक पर्ने एयरलाइन्सको हवाई टिकट तथा कोरोना सम्बन्धि पिसीआर परिक्षण गराए बापत्त लाग्ने खर्च सबै गैर आवासीय नेपाली संघ,मलेसियाका अध्यक्ष हरि भट्टराईले ब्यक्तिगत भरपाई गरेका छन।

भने एनआरएनए मलेसियाका सल्लाहकार योगेन्द्र कुँवरले मलेसियन रिंगेट आरएम-१६९३ बराबरको अस्पताल खर्च र नेपाल तामाङ घेदुङ मलेसियाले आरएम-८०० तथा नीचिया मलेसिया एसडिएन,बिएचडी नामक कम्पनीमा कार्यरत कामदारहरुले आरएम-१४८९ नगद रिंगेट सहयोग गरेका थिए।

राजु तामाङ अस्पतालको बेडमा

संदेश प्रवाह अनलाइन लाई प्राप्त जानकारी अनुसार तामाङ लाई उद्धार गरेर स्वदेश फर्काउन संघसंस्था र सहयोगी ब्यक्तित्वहरुबाट जम्मा ५ हजार २ सय बढी संकलन गरिएको थियो।

संकलन भएको सहयोग रकम पनि राजुको उपचारको निम्ति , हवाई टिकट , यातायात खर्च लगायतको कामकाजमा खर्च गरिएको र बचेको बाँकी रकम पीडित तामाङलाईनै हस्तान्तरण गरिएको छ।

बिरामी राजु तामाङ्ग