सिरहामा दलित विध्यार्थी माथी विभेद,सिक्षक द्वारा वनभाेज जान रोक।

बिहीबार १२ चैत्र, २०७७

लहान चैत १२- सिरहाकाे कल्याणपुर नगरपालिकाका एक दलित छात्रा लाई पिकनिक जानबाट विधालयका शिक्षक ले रोक लगाएको छ।

सिरहाकाे कल्याणपुर नगरपालिका -५ चिकना स्थित अाधारभुत प्रा.वि. चिकनाका कक्षा ४ मा अध्ययनरत रामचन्द्र मल्लिकका छाेरि श्रृजना मल्लिक डाेमलाई स्कुल बाट जाने पिकनिकमा डाेम समुदायकाे कारणले पिकनिक जानबाट बञ्चित गरेकाे हाे ।

पिकनिकमा लाग्ने खर्च पनि तिर्ने छाै भन्दा पनि स्कुलका शिक्षकले घरमै सुङगुर काटेर खानु भन्दै मलाई जान दिएन श्रृजनाले बताईन ।
दलित भन्दै पटक पटक समाजमा विभेद मा परेकाे समेत श्रृजनामल्लिक का बुवा रामउदगार मल्लिक ले बताएका छ्न ।

सो बारे संयुक्त दलित माेर्चा कल्याणपुरका संयाेजक संजय महराले सहि तथ्य काे छानबिन गरि सम्बन्धित निकायलाई कानुनी रूपमा हदै सम्म कार्वाही काे माग गरेकाे छ।