एमाले कर्याकर्ता माथि अपमानजनक शब्द नबोल्न योगेश भट्टराईलाई नेता कुँवरको चेतावनी

बुधबार ४ चैत्र, २०७७


काठमाडौ । माधव नेपाल गुटका एक नेता योगेश भट्टराई ले केपि शर्मा ओलि नेतृत्वको नेकपा एमालेका कार्यकर्ता लाई अपमानजनक शब्द प्रयोग गरेका छन । उनले छुल्हाया अर्थात कुरा काट्ने मानिस को अर्थ दिदै छुलिया सब्दको प्रयोग गरि एमाले कार्यकर्ता लाई ठेस पुग्ने गरि सामाजिक सन्जाल फेसबुकमा लेखेका छन ” छुलिया ग्याङको कु प्रचारको भ्रममा नपर्नु होला । नेकपा एमालेको आज र भोलिको राष्ट्रिय भेला तोकिएको स्थानमा हुने छ ।”

छुलिया ग्यांडको कुप्रचारको भ्रममा नपर्नु होला नेकपा एमालेको आज भोलीको राष्ट्रिय भेला तोकिएको समय र स्थानमा हुनेछ।

नेकपा एमालेका कार्यकर्ता लाई जे मन लाग्यो त्यही नभन्न भट्टराई लाई विद्यार्थी नेता कुँवरले चेतावनी समेत दिनु भएको छ । अहिले धेरै एमाले नेताहरुले , नेकपा एमाले को आधिकारिक अध्यक्ष ओलि सङ कुनै सहकार्य नगरी एमालेको झन्डा प्रयोग गरि एमालेको नाम राखेर भेला गराएको प्रती गम्भीर ध्यानाकर्षण भएको पनि बताएका छन ।

विद्यार्थी नेता प्रकाश कुँवर । ले सामाजिक सन्जालमा लेखेका छन “योगेस भट्टराई जि तपाइले गुटको भेलालाइ एमाले को भेला नभन्नुस , एमाले कार्यकर्ता लाई मुख मा जे आयो त्यही नभन्नुस , ओलि बा सङ सहकार्य नगरी आधिकारिक एमालेको भेला गराउनाले ठूलो मूल्य चुकाउनु पर्ने छ , ओलि विरुद्ध लाग्नु भनेको आकाश तर्फ फर्केर थुक्नु जस्तै हो ।” पछिल्लो समय के बोल्ने भन्ने थाह नहुदा माधव नेपाल गुटका धेरै कर्याकर्ता बिबादमा आइरहेका छन ।

प्रकाश कुँवर ।अनेरास्ववियू केन्द्रीय कमिटि सदस्य समेत रहेका छन ।