मेरो जीवनको लक्ष्य

शनिबार २९ फाल्गुन, २०७७

हरेक व्यक्तिको जीवनको यात्रामा आफ्नो एउटा लक्ष्य हुन्छ। त्यो लक्ष्य साकार पार्न ऊ दिनरात नभनी निरन्तर त्यो प्राप्त गर्नको लागि परिश्रम गरि नै रहन्छ। आफ्नो कुनै चाहना , जसले आफुलाई आफ्नो जिन्दगीको गन्तव्यलाइ खुसी , रमणीय पार्ने त्यो सपनालाई लक्ष्य भनिन्छ। मेरो लक्ष्य भने देश र जनताको भलो , समस्या समाधान गर्न एक असल ,इमान्दार र प्रेरणादायी राजनीति गर्दै देशको प्रधानमन्त्री हुने हो।

देश अहिले भ्रस्टाचार ,सत्ताको स्वार्थको पछि “स्वा, स्वा !” गर्दै नेताहरु आफ्ना कार्यकर्ता बटुलेर सडकमा हड्ताल , शक्ति प्रदर्शन गर्दै हिडिरहेका छन्। मलाई सत्ताको मोह , लोभ त्याग गरी , आम मानिसहरुमा “राजनीति एउटा फोहोरी खेल हो ” भन्ने त्यो गलत सोचलाई हटाउनु नै मेरो पहिलो लक्ष्य हो। अहिले मलाई मेरी दिदीबहिनी अवेला सम्म घर नफर्किदा “कतै कुनै दुष्ट बलात्कारीको त सिकार भइनन् ?”भन्ने चिन्ता लाग्छ। देशमा चेलीहरुको न्याय अझै पनि अदालत को कुनै कुनामा लुकिरहेको छ। बलत्कार ,तेजाव आक्रमण , महिला बेचबिखन जस्ता महिला हिन्ग्साहरुको अन्त्य गर्न देशमा एक असल , जनाताप्रेमी नेताको नेतृत्व आवश्यक छ। मलाई प्रधानमन्त्री भई मेरी दिदीबहिनीको यस्ता समस्याहरु महिला हिन्ग्साको जरैबाट अन्त्य गर्ने लक्ष्य छ। मलाई हत्यारालाई खुल्ला आकाशमा स्वतन्त्र रूपले हिड्न दिने कुनै रहर छैन। देशमा भ्रस्टाचार गर्ने ती सबै जनताको करबाट आफ्नो भलो गर्दै राजनीतिका ती काला धब्बाहरुलाई अन्त्य गर्नुछ।

कृषि गरी हाम्रो आहार जस्तै :- चामल , दाल उत्पादन गर्ने किसानहरुको परिश्रम अनुसार उनीहरुलाई सहयोग गर्ने लक्ष्य छ। उनीहरुलाई भत्ता दिदै यहि स्वदेशमै उत्पादन , उब्जेका तरकारीहरू बाहिरी राष्ट्रसंग प्रतिस्पर्धा गर्ने गुणस्तरीय र लोकप्रिय बनाउने लक्ष्य छ। मजदूरी गरी एक छाक खाना पसिना बगाई रहने मजदूरको हक , हित र न्यायको निरन्तर लडी रहने एक महत्वपूर्ण लक्ष्य छ। ” समृद्ध नेपाल , सुखी नेपाली ” जस्ता खोक्रा नाराहरु जनतामाझ नभनी विकाश निर्माणका कामहरुमा विशेष जोड दिनुपर्छ। युवाहरुलाई स्वदेशमै रोजगारीको वातावरण सिर्जना गरी वैदेशिक पलायन हुनबाट रोक्नुपर्छ। आमा , छोरा, छोरीहरु छोडी आफ्ना पाखुराहरुबाट परिवारलाई पैसा पठाउने ती दैनिकौ विमानस्थलमा बाकसमा स्वदेश फर्कने प्रथाको अन्त्य गर्नुछ। नेपालका दुर्गम , ग्रामीण भेगहरुमा सडक निर्माण गर्नु मेरो अर्को लक्ष्य हो। कुनै पनि विकाशमा “सडक ” मेरुदण्ड भई ठूलो भूमिका खेल्दछ।

मलाई गाउघरमा सबै बालबालिकाको उज्वल भविस्यका लागि उनीहरुलाई निशुल्क र गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय र विश्व विद्यालय निर्माण गर्नु छ। साथै गाउ तथा सहरमा स्तानीय निकायमा असल जनशक्ति पठाई जनताका दुक्खहरु सुनिदिने ती जनशक्तिको खोजी गर्नु मेरो अर्को लक्ष्य हो। बेशाहारा , अनाथ बालबालिका सडकको पेटीमा लागुऔसधीको सेवन नगरी उनीहरुको भविस्य सुनौलो बनाउन उनीहरुलाई शिक्षा , निवास दिनु मेरो प्रमुख लक्ष्य हुनेछ।

यसरी देशको कछुवा गतिको विकाश निर्माणलाई तुफान झैँ अघि बदाउदै , भ्रस्टाचार ,भेदभाव , महिला हिन्ग्साको अन्त्य गर्दै एक असल , इमान्दार , मजदूरहरुको सहारा बनी देशमा असल नेतृत्व गर्ने प्रधानमन्त्री तथा प्रेरणादायी बन्ने मेरो जीवनको मूल लक्ष्य हो।
क्रिश अर्याल
कानुन अध्यनरत विद्यार्थी