यौनकृया गर्दा छिमेकिले चर्को स्वरले चिच्याए पछी यस्तो भयो।

बुधबार २६ फाल्गुन, २०७७

एजेन्सी- छिमेकी भएपछि सानोतिनो ठास्सठुस्स छ सामान्य नै हो । हाम्रै तिर पनि कहिले बाख्राको पाठाले छिमेकीको बालीनाली खाइदिनछ भने कहिले बालबच्चाले केही बिगारीदिने गरेका घटना सामान्य नै हो । तर छिमेकी जोडीले यौनसम्बनधका क्रममा अत्याधिक चर्को आवाज निकालेर सुत्न नदिएपछि आक्रोशित महिलाले ती छिमेकीहरुलाई सम्बोधन गर्दै पत्र नै लेखेकी छिन् ।

अस्ट्रेलियाको ब्रिसबेनमा बस्ने ती महिला छिमेकीको चर्तिकलाबाट यतिसम्म दिक्क भएकी थिइन् कि उनले पत्रमा छिमेकीहरुलाई उनीहरुको भित्ता कागजजस्तै पातलो भएको र शारीरिक सम्बन्धको क्रममा उनीहरुको हरेक आवाज आफूले सुन्न सक्ने बताएकी छिन् । द सनको रिपोर्टअनुसार यो पत्र सामाजिक संजाल रेडिटमा शेयर भएपछि भाइरल भएको छ ।

त्रमा लेखिएको छ ‘तपाइँहरुले आफ्नो वरिपरी बस्नेहरुप्रति खासै सम्मान देखाउनुभएको छैन तर उनीहरुका साना साना बच्चाहरु छन् र ती बच्चाहरुलाई तपाइँहरुको आवाजले चोट पुग्न सक्छ । तपाइँहरुको यौन चर्तिकलापछि बिहानसम्म हाँसो र गफ चलिरहन्छ । वास्तवमा हामी तपाइँहरुका हरेक शब्द सुन्न सक्छौं । के तपाइँहरु यसलाई घटाउन सक्नुहुन्छ ?’

पत्रमा छिमेकीहरुलाई यौन सम्बन्धका क्रममा झ्याल बन्द गर्न समेत आग्रह गरिएको छ । यदि भविष्यमा यो जारी रहेमा ध्वनी प्रदुषण नियन्त्रकलाई फोन गर्ने र उनीहरुको नाम र ठेगाना पेडिंटन मिल्टन फेसबुक समाचार ग्रुपमा शेयर गरेर बेइज्जत गरिदिने चेतावनी पनि पत्रमा दिइएको छ ।

उनीहरुको छेउका फ्ल्याटमा यौन र पोर्नको दुर्व्यसनीबाट सुधार हुँदै गरेकाहरु पनि बस्ने भएकोले यो जोडीले आफूहरुको यौनिक क्रियाकलाप निजी राखेमा आफूहरु आभारी हुने पनि बताइएको छ ।