कोही कपुत कम्युनिष्टहरु ले चन्दा र हत्या गर्दै मा सबै क्रान्तिकारी र सच्चा कम्युनिष्टहरु उस्तै कहाँ हुन्छन् र !!

बुधबार १९ फाल्गुन, २०७७

प्रिय जनता ,
क्रान्तिकारी अभिवादन ,

देशमा सत्ताको लागि “स्वा, स्वा ” गर्दै सडक मा आन्दोलन गर्दै , जनतालाई बटुलेर आफ्नो स्वार्थ पुरा गर्ने क्रम को अन्त्य भएको छ। प्रधानमन्त्री को तानासाह प्रविधि , खोक्रा भासन र आफ्ना राजनीतिक सहकर्मी को खोइरो खन्दै , आफ्नो स्वार्थ पुरा गर्न खोज्दा संसद विघटन गरी ” ना रहेगा बास , ना रहेगा बासुरी ” जस्तै कु , प्रतिगामी कदम चालेका थिए। जसको सत्ता सरकार आए पनि देशको विकाश कछुवा गति मा नै जानेछ , भ्रस्टाचार गर्ने नेता तथा कर्मचारीहरु को अझै संख्या बढ्ने छ , गरिब हरु सडक को पेटी मा भोकै मर्नेछन जस्ता मनस्तिथि आम जनतामा पैदा भैसकेको छ। अझै पनि यो कम्युनिष्ट को सरकार भनि आफु लाइ गर्व गर्ने हरुले ती दुखि , मेहेनत र पसिना ले श्रम गरेको मजदूर , किसान हरु लाइ उनको परिस्श्रमिक दिएको खोइ ? प्रधानमन्त्री को रोजगारी कार्यक्रम ले बेरोजगार युवा तथा दुखि वर्ग लाइ रोजगारी सिर्जना गरेको खोइ ? देशमा कहिले चेलीहरु स्वतन्त्र रुप ले हिड्न , डुल्न पाउछन् ? बलात्कार , तेजाव आक्रमण , छाउपडी , महिला प्रति गरिने शोसन को अन्त्य कहिले हुन्छ ? यी सबै हामी देश बासी को मन मा रहेका हजारौ प्रश्न मध्ये केहि हुन्।

जनयुद्धमा नेपाली जनताले अगाडि सारेका प्रस्ताव आज आफ्ना अधिकारका पक्षमा बगाएको रगतको मुल्य चाहियो । सहमति गर्न नेपाल कम्युनिष्ट पार्टी निरन्तर वार्ता मा छ । नेपालमा संसदीय व्यवस्था होइन, नौलो जनवाद चाहिन्छ । होइन भने अर्को नयाँ व्यवस्थाको परिकल्पना गरेर हामीले माओवादीसहित नेपालमा विकासको मोडेलको जुन परिकल्पना गरेका थियौं, त्यो लागू हुन्छ भने हामी सहमति गर्न तयार छौँ । गाउँगाउँमा सहिद परिवार, बेपत्ता परिवार, जनयुद्धमा योगदान गरेका समग्र योद्धाको परिवार सबै एक भएर यो सत्ताका विरुद्ध अघि बढ्ने पर्छ । संसदीय राजनीति फोहोरि खेल हो जुनकुरा पुस्टि हुदै ग़ैरहेको छ अब देशको ज़िम्मा लिन क्रान्तिकारीहरू एक ठाऊमा आऊनुको विकल्प छैन !

सेना , प्रहरी परिचालन गर्दै , धर्मेन्द्र बास्तोला , माहिला लामा लगायत नेता लाइ झुट्टा मुद्दा मा जेल मा राख्दै मा राता मान्छेहरु को क्रान्ति को यात्रा रोकिदैन। दिन प्रति दिन आफूहरु ले झन झन आतंक मच्चाएर जनता लाई दिनु सम्म को दुख पीडा दिँदै छ्न तर उल्टै हाम्रो संगठन का कामरेड लाई गिरफ्तारी गरिरहेको छ। जसरि धनि र गरिब लाई एकै समान हुने , साम्यबाद राष्ट्र बन्ने , दलित लगायत जनजाती हरु लाई भेदभाव नहुने भनेका थियौ ? के सत्ता र कुर्सि प्राप्त भएपछि त्यो बिर्सेकै हौ त ? कैयौ मान्छे को बलिदान खेर गएकै हो र ? नेपाल कम्युनिष्ट पार्टी का नेता तथा कार्यकर्ता को ह’त्या र जेल मा राख्ने काम बन्द गर्न जरुरी छ। यस्ता झुटा वार्ता गरी कतै विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड , उनको नेतृत्वमा उदयबहादुर चलाउने ‘दीपक’ लाइ पनि धर्मेन्द्र बास्तोला जसरी नै हिरासद मा लिई फेरी झुटो मुद्दा मा प्रहरी दमन गर्ने त होइन ?बार्ता भन्दै धमाधम पक्राउ गरि गरेको उखाने सरकारले फेरि बार्ता टोली प्रकाण्ड र दिपक जि लाई पनि फेरि लैजाला भन्ने अर्को संका समेत रहेको छ।

अब माघब र प्रचण्ड ले मलाइ सिध्याउने भए अब बिप्लबलाइ साथमा लिएर आपसमा भिडाइदिने र विप्लबले र प्रचण्ड त एउटा् बर्गदुस्मन जस्तै भएका छन प्रचण्ड को हरेक पोल खोली दिन्छ बिप्लबले त्यस पछि त प्रचण्ड कम्जोर भैहाल्छ भनेर बार्ताको नाटक मन्चन रच्दै, विप्लब लाइ गोन्ज्यालो बनाउने भन्नेमा जुक्ती गर्दै त छैन ?

“पानी जहाज , रेल , घर घर मा ग्यास को पाएप “जस्ता सपनाहरु दिउसै जनतालाई सपना देखाइदै छ। दिनहु ४० हजार हरु विदेश पलायन रोजगार र पदाई का निम्ति आफ्नो परिवार र देश लाइ माया मार्छन्। अन्त्य मा स्वदेश फर्कदा ती परदेशमा पसिना चुहाएर परिवार पाल्ने छोरा, छोरि र बुवा आमा बाकशमा फर्किदा नेपाल आमा को त्यो आसु कहिले सम्म लाइ ?स्वदेश मा जनतालाई रोजगार दिई परदेश जाने चलन को अन्त्य कहिले हुन्छ ?बैठकमा गृहमन्त्री बादलले सांसद सोमप्रसाद पाण्डे नेतृत्वको वार्ता समितिले वार्तामा ल्याउन गरेको झुटो प्रयास, विप्लव समूहका पछिल्ला गतिविधि, एनसेल लगायतका स्थानमा भएको बम विस्फोट र चन्द आतंकबारे भन्दै जनता सामू नराम्रो बनाउन खोजिएको छ। एनसेलले कर छली गरेर नेपाल सरकार लाई ठगी गर्दै , देश द्रोही हर्कत गर्नु कति को ठिक हो ? विप्लव समूह को नाम मा हत्या , चन्दा उठाउने ले गरेको गल्ति , अपराध ले पार्टी माथि प्रतिबन्ध लगाउनु कति को ठिक हो ?धर्मेन्द्र बास्तोला लगायत कामरेड हरुलाई प्रहरी दमन गर्दै , शोसन गर्नु यो कति को जाहेज हो ?विप्लप पार्टी का कार्यकर्ता र समर्थक लाइ प्रहरी परिचालन गर्दै शक्ति दुरुपयोग गर्दै कतिन दिन सम्म राख्ने हो ?

नेपाली जनतामाझ विप्लप पार्टी को चरित्र मा खोट लाउदै , केहि कपुत कम्युनिष्ट हरु पार्टीको नाम मा चन्दा , हत्या , ठगी गर्दै हिडिरहेका छन्। ती कम्युनिष्ट का काला धब्बा हरु लाइ कडा भन्दा कडा कारबाही गर्न जरुरी छ। जहाँ पनि राम्रो र नराम्रो दुवै पक्ष्य हुन्छ। केहि कपुत , सामन्ती कम्युनिष्टहरु ले त्यस्ता तुच्छ काम गरे भन्दै मा सबै क्रान्तिकारी र कामरेडहरु लाइ त्यो आरोप लगाउदा कति को ठिक हुन्छ ? यसबारे एकचोटी गम्भीर भएर सोच्न सम्पूर्ण नेपाली जनताहरु लाइ आग्रह गर्द छु।

अब दलाल तथा भ्रस्ट राज्यसत्ताको अन्त्य गरि जनगनतन्त्र / वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नै पर्छ। सरकार ले शान्त वातावरण सिर्जना गरि विप्लव समूह को माग पूरा गर्दै वार्ता गर्नुपर्छ। पार्टी माथि को प्रतिबन्ध फुकुवा गर्न जरुरी छ। मजदुर ,किसान ,महिला ,दलित ,जनजाती ,मधेसी ,मुस्लिम र मध्यम वर्गको अधिकार दिन वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नै पर्छ। त्यस कारण सम्पूर्ण नेपाली जनतालाई राता मान्छेहरु को क्रान्तिको यात्रा मा साथ दिदै , हामी प्रति आस्था , भरोसा गर्न हार्दिक अनुरोध गर्दछौ। यदि यसरि नै आफ्नो स्वार्थ पुरा गर्न प्रधानमन्त्री तथा पद को लागि चुनाब हुने हो भने अब चुनाब मा मतदान नगरी , मत बहिस्कार गर्दै हाम्रा विकाश का सम्झौता हरु सरकार संग सम्झौता गर्ने समय को आवस्यकता छ।
क्रान्तिकारी योद्धा ,
क्रिश अर्याल