सुन्नैपर्ने एक जनवादी गीत ‘बोल्न प्रतिबन्ध छ ईसाराले बोलाउनू ’

शनिबार १५ फाल्गुन, २०७७

गित, गजल, संगित र साहित्य समाजका ऎना मात्रै हुदैनन् अग्रगामी मार्ग दर्शक समेत बनेका थुप्रै उदाहरणहरु छन । अझ भनौ गित संगित पनि वर्गीय नै हुन्छ । कुनै संगितले सत्ताको एकोहोरो  सेवा गर्छन भने कुनै साहित्य सिर्जनाले जनताको प्रतिनिधित्व गर्छन ।

जब जब जनताका बिचार माथि प्र’तिबन्ध लाग्छ, जब आस्था माथि बन्देज लाग्छ तबतब जनताका बिचार गित बनेर गुन्जिन थाल्छ । अनि साहित्य शब्द संगित र स्वरको सहयोगमा प्रस्फुटन हुन्छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछि पनि राजा र राणाहरूले जस्तै पार्टिमाथि प्र’तिबन्ध लगाउने काम रोकिएन । मुलुकमा दुई तिहाईको कम्युनिस्ट नामकै पार्टि नेतृत्वमा सरकार छ तर अर्का तिर कम्युनिस्ट माथीनै नि’र्मम द’मन र ध’रपकड जारी नै छ । सरकारले जनयु’द्धमा आफुलाई समर्पण गरेका नेता नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टि माथि प्र’तिबन्ध लगायो । अनि प्रतिबन्धले सोही पार्टिका नेता कार्यकार्ताहरूलाई बाटोघाटोमा हिड्न सम्म पनि गाह्रो भयो । यतिसम्मकी गिरफ्तारीमा परेका नेता कार्यकर्ता हरूलाई आफन्तसग भेट्न पनि नदिएका थुप्रै गुनासो संचार माध्यममा आएका छौ । त्यति मात्रै होइन राज्यले जनताका कुराहरूलाई बोल्न र लेख्न समेत प्रतिबन्ध लगायो । अनि तिनै कुराहरू गीतमा गुन्जायमन हुन थाले । यहि प्रति’बन्धको भाव बोकेको गीत हालै सार्वजनिक भएको छ । गीतले भन्छ,

बोल्न प्र’तिबन्ध छ ईसाराले बोलाउनू..
हावा मन्द मन्द छ सम्झिएर नटोलाउनू…..

प्रस्तुत गीत विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिकै युवा नेता धिरज नाथले रचना गरेका हुन । धिरजनाथ युवा गीतकार, साहित्यकार र संगितकार समेत हुन । प्र’तिबन्ध गीतलाई समृद्ध परियार र शारदा रसाईलिले स्वर दिएका छन भने नारायण दङ्गालले गीतको एरेन्ज गरेका छन । विप्लव नेतृत्वको नेकपा माथी सरकारले लगाएको प्र’तिबन्धको दुई वर्ष पुग्नै लाग्दा प्रकाशीत गितले यही समयको राजनीतिक घ’टनाक्रमको वास्तविक चितत्रण गरेको छ ।

त्यसो त नेपाल कम्युनिस्ट पार्टिका महासचिव ‘विप्लव’ आफै पनि एक सशक्त गीतकार समेत हुन । विप्लवका ‘हामी माओवादी विग्रीएका छैनौं’, ‘कसले वनायो दाजै उडिजाने बस’ लगाएतका नेपाली जनताको वास्तविक भोगाइका गीतहरू चर्चित छन ।श्रोत : राजनीति