नेकपा दाहाल–नेपाल पक्षकाे मानव साङ्लो

बिहीबार ६ फाल्गुन, २०७७

काठमाण्डौ- नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल पक्षले आज काठमाडौंमा विरोध प्रदर्शन गरेकाे छ । प्रतिनिधिसभा विघटनको विरुद्धमा सडक संघर्ष गर्दै आएको दाहाल–नेपाल पक्षले आज दिउँसो ४ देखि ५ बजेसम्म टुँडिखेलमा मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरेकाे हो ।

चौथो चरणको संघर्षका कार्यक्रम अन्तर्गत यो कार्यक्रम काठमाण्डौमा मानव साङ्लो प्रदर्शन गर्नुका साथै विभिन्न जिल्लामा विरोध प्रदर्शन र सभा गरेकाे छ । जिल्लास्तरीय विरोध प्रदर्शन र सभा आगामी फागुन १२ गतेसम्म चल्नेछ । चौथो चरणका सम्पूर्ण विरोध कार्यक्रमहरु फागुन १५ गते सकिने जनाइएको छ ।